मतदान गर्न आउँदा दुर्घटनामा परेर लुम्बिनी प्रदेशसभा सदस्य घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मतदान गर्न आउँदा दुर्घटनामा परेर लुम्बिनी प्रदेशसभा सदस्य घाइते


१२ माघ २०७८, बुधबार


दाङ । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा दुर्घटनामा परेर लुम्बिनी प्रदेश सभाका एकजना सदस्य घाइते भएका छन् ।

प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका हुन् । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाटे नजिक ट्रकसँग ठोक्किएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस