अन्तर्राष्ट्रिय समुदायले व्यापक कदम चाल्यो भने कोभिड–१९ महामारी २०२२ मा अन्त्य हुनसक्छ : डब्ल्युएचओ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अन्तर्राष्ट्रिय समुदायले व्यापक कदम चाल्यो भने कोभिड–१९ महामारी २०२२ मा अन्त्य हुनसक्छ : डब्ल्युएचओ


११ माघ २०७८, मंगलबार


जेनेभा । अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार बताएका छन् ।

‘डब्लुएचओले प्रमाण, रणनीति, उपकरण र प्राविधिक र परिचालन समर्थन देशहरूलाई आवश्यक पर्ने प्रमाणहरू उपलब्ध गराउन राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा काम गरिरहन्छ। यदि देशहरूले यी सबै रणनीति र उपकरणहरू व्यापक रूपमा प्रयोग गरे भने हामी तीव्र चरणको अन्त्य गर्न सक्छौँ’, टेड्रोसले डब्ल्युएचओ कार्यकारी बोर्डको १५० औँ सत्रको उद्घाटनमा उक्त कुरा उल्लेख गरेका छन् ।

महामारीबाट पाठ सिक्नुपर्ने र त्यस्ता आपत्कालीन अवस्थाहरू रोक्नको लागि अहिले नयाँ समाधानहरू विकास गर्न आवश्यक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस