बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु


११ माघ २०७८, मंगलबार


नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२ की ७० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस