कोभिड–१९ को वृद्धिपछि तमिलनाडु सरकारद्वारा जनवरी ३१ सम्म विद्यालय बन्द गर्ने घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोभिड–१९ को वृद्धिपछि तमिलनाडु सरकारद्वारा जनवरी ३१ सम्म विद्यालय बन्द गर्ने घोषणा


३ माघ २०७८, सोमबार


School

चेन्नई । कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ ।

राज्य सरकारले जनवरी १९ बाट सञ्चालन हुने भनिएको परीक्षा पनि स्थगित गरेको छ ।

तमिलनाडु सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यमा कोभिड–१९ को महामारी पुनः बढेपछि सबै तहका विद्यालयहरूमा पठनपाठन तथा परीक्षाका कार्यक्रम जनवरी ३१ सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । यस निर्णयसँगै जनवरी १९ देखि सञ्चालन गरिने गरी तय भएका परीक्षाका कार्यक्रम पनि तत्कालका लागि स्थगित भएका छन् ।’

तामिलनाडुमा हाल एक लाख ३१ हजारभन्दा बढीमा कोभिड–१९को सक्रिय सङ्क्रमण रहेको बताइएको छ । राज्यमा कोभिड सङ्क्रमित ३६ हजार ९६७ जनाको मृत्यु भएको छ । राज्यमा कूल सङ्क्रमितमध्ये २७ लाख ४७ हजारभन्दा बढी निको भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस