प्रदेश २ सरकारले ६१० विपन्न परिवारको लागि घर निर्माण गरिदिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ सरकारले ६१० विपन्न परिवारको लागि घर निर्माण गरिदिने


३० पुस २०७८, शुक्रबार


जनकपुरधाम । प्रदेश २ सरकारले ६१० जना गरीब र विपन्न परिवारको लागि घर निर्माण गरिदिने भएको छ ।

त्यसका लागि नेपाली काँग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ । यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा घर निर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि स्वीकृत गरेको हो ।

यो कार्यविधि अनुसार प्रदेशमा ६ सय १० विपन्न परिवारको आवास निर्माण गरिने बताइएको छ । आठ वटै जिल्लाको प्रत्येक प्रदेश सभा क्षेत्रमा १० परिवारको घर निर्माण गरिने छ ।

असहाय र विपन्न एकल महिला, आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताको आधारमा आवासको व्यवस्था गरिने छ ।

प्रति आवास कुल पाँच लाख रुपैयाँमा भित्ता प्लास्टर गरेको र छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय रहने घर निर्माण गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस