एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही


२८ पुस २०७८, बुधबार


कर्णाली । नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन् । आज बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार खसेको ६४९ कूल मतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गरे ।

उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएको निर्वाचन समितिका सदस्य रामबाबु बिसीले जानकारी दिए ।

बाजुरा अध्यक्षमा शाही

मार्तडी । नेकपा (एमाले) बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध चयन भएका छन् ।

एमालेको सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भरतबहादुर बुढा, सचिवमा भरतबहादुर थापा, उपसचिवमा जनककुमार बोहरा र हरिबहादुर रोकाया निर्विरोध चयन भएको निर्वाचन कमिटीका प्रमुख दिलीपबहादुर शाहीले जानकारी दिए ।

एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाको संयोजकत्वमा बनेको अध्यक्ष मण्डलले सर्वसम्मत जिल्ला कमिटी छनोट गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस