एमाले जुम्ला अध्यक्षमा महत, ललितपुरमा आचार्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले जुम्ला अध्यक्षमा महत, ललितपुरमा आचार्य


२६ पुस २०७८, सोमबार


खलङ्गा । नेकपा (एमाले) जुम्लाले आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सुरु भएको अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको एमालेका जिल्ला इन्चार्ज रतननाथ योगीले बताए ।

अधिवेशनले पाँच पदाधिकारीसहित ७५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । एमालेको जिल्ला अध्यक्षमा शान्तिलाल महत चयन भएका छन् । यस्तै उपाध्यक्षमा सुरतबहादुर शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मानबहादुर रोकाया चयन भएका छन् ।

अध्यक्षबाहेकका अन्य पदमा निर्वाचन गर्ने भनिए पनि अन्तमा सहमतिबाट जिल्ला कमिटी चयन गरेको पार्टी इन्चार्ज योगीले बताए । सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै कार्यकर्तालाई सकारात्मक सन्देश दिएको एमालेले जनाएको छ ।

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य

यसैगरी एमालेको ललितपुर जिल्ला अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् ।

शुक्रबारदेखि सुरु भएको एमाले ललितपुरको आठौँ जिल्ला अधिवेशन अन्तर्गत आजको बन्दसत्रमा अध्यक्ष मण्डलबाट आचार्यसहित १२० सदस्यीय कमिटीको नामावली निवर्तमान अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पढेर सुनाएका थिए।

आचार्य यसअघि सो पार्टी जिल्ला सचिव थिए । आचार्यसहित कमिटीको उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत, उपसचिवमा श्याम व्यञ्जनकार र तारा सन्जेल चयन भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस