डोटीमा हिमपातले गर्दा टावरमा समस्या उत्पन्न « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोटीमा हिमपातले गर्दा टावरमा समस्या उत्पन्न


२६ पुस २०७८, सोमबार


डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ ।

हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम गर्न छोडेका कारण यहाँका नागरिकलाई सूचना सम्पर्कका लागि समस्या उत्पन्न भएको स्थानीयवासी तेजबहादुर सिंहले बताए ।

उनले भने, ‘टेलिकमका टावरले काम गर्न छोडेको छ, नेटवर्कले काम नगर्दा हामीलाई खबर आदानप्रदानका लागि निकै समस्या भएको छ ।’ ती क्षेत्रमा जडान गरिएका नेपाल टेलिकमका टावरले खासै काम नगर्दा यहाँका नागरिकले पटक–पटक दुःख खेप्नु परेको उनको भनाइ छ ।

टावरको नेटवर्कले काम नगरेका विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधानका लागि कुनै पहल नभएको अर्का स्थानीयवासी दिनेशबहादुर सिंहले जानकारी दिए ।

उता नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले सायल क्षेत्रको भल्मामा जडान गरिएका टावर ब्याट्रीबाट सञ्चालन हुने भएकाले केही दिनदेखि घाम नलागेका र घाम नलागेको दिन तथा रातिको समयमा ब्याट्री चार्ज हुन नपाउदा समस्या भएको हुनसक्ने बताए ।
उनले भने, ‘टावरले किन काम नगरेको हो हामी बुझेर नेटवर्क सुचारुका लागि पहल गछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस