सवा एक अर्ब बढी बिगो दाबी गर्दै शोभाकान्त ढकालसहित ५ विरुद्ध मुद्धा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सवा एक अर्ब बढी बिगो दाबी गर्दै शोभाकान्त ढकालसहित ५ विरुद्ध मुद्धा


२० पुस २०७८, मंगलबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजस्व अनुसन्धान विभागले ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालविरुद्ध राजस्व छलीको मुद्दा पनि दर्ता भएको छ ।

विभागले ढकालसहित पाँच जनाविरुद्ध १ अर्ब २० करोड, ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो ।

उनीहरुविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ विगो र त्यति नै जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुल गर्न र ३ वर्ष जेल सजाय गर्न माग गरिएको छ ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा विशेष अदालतको आदेशमा ढकाल हाल थुनामा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस