वीरगञ्ज महानगरपालिकाले गर्‍यो ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वीरगञ्ज महानगरपालिकाले गर्‍यो ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु


२० पुस २०७८, मंगलबार


विरगञ्ज । तराईमा पछिल्लो एक सातायता चिसो बढ्दै गएपछि प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु गरेको छ ।

महानगरपालिकाको जनकल्याणकारी योजनाअन्र्तगत महानगरका सबै वडाका छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरणको काम सुरु भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

प्रमुख सरावगीका अनुसार प्रतिज्येष्ठ नागरिक एक थान कम्बल, झुल, छाता, टर्चलगायत सामग्रीको प्याकेज बनाएर वितरण गरिँदै आएको छ । महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई वितरण गर्ने लक्ष्य रहेको छ ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिकाबाट भत्ता सुविधा लिँदै आएका कूल छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरण गरिने महानगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस