माओवादी महाधिवेशनमा एसपीको कमाण्डमा सुरक्षा व्यवस्था « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माओवादी महाधिवेशनमा एसपीको कमाण्डमा सुरक्षा व्यवस्था


११ पुस २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

राष्ट्रिय महाधिवेशनको सुरक्षार्थ एसपीको कमाण्डमा प्रहरीको टोली परिचालन गरिएको छ । सुरक्षाका लागि ३५० भन्दा बढी प्रहरी खटाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यसैगरी रानीपोखरी र दरबारमार्गका डिएसपीका कमाण्डमा रिजर्भ टोली पनि परिचालन गरिएको छ । नेपाल प्रहरीका साथै, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको टोली पनि कार्यक्रम स्थल र मुख्य सडक क्षेत्रमा खटाइएको छ । गतिविधि निगरानीका लागि सीसीटीभीबाट अनुगमनको व्यवस्थासमेत मिलाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

आन्तरिक व्यवस्थापनमा माओवादीको युवा संगठन वाईसीएल लगायत जनवर्गीय संगठनका स्वयंसेवक टोली खटाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस