काठमाडौँ। पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र ४३१७ एन्टिजेन परीक्षणमा ३५ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको हो ।
‘पछिल्लो २४ घण्टामा ३६२ कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। त्यस्तै सोही अवधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५,६८९ रहेको छ ।