काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा नौ हजार १७८ को पिसीआर परीक्षण गरिएकोमासो संख्यामा कोरोना पुष्टि भएको हो।
यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ९०८ पुगेकोमन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ७७० पुगेको छ । पछिल्लो समय थप ३०७ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख ६ हजार ५४४ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय दुई लाख ६६ हजार ९८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८८३ छ । हाल होम आइसोलेशनमा पाँच हजार ६०६, संस्थागत आइसोलेशनमा २७७, सघन उपचार कक्षमा ११२ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ ।