सभामुख सापकोटालाई स्पेनको कार्यक्रममा सहभागी नगराउन पत्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुख सापकोटालाई स्पेनको कार्यक्रममा सहभागी नगराउन पत्र


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरुले स्पेनको मड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को सभामा नेपालका सभामुख अग्निप्रसाद सापकोटालाई सहभागी नगराउन आयोजकलाई आग्रह गरेका छन् ।

नोभेम्बर २६ देखि ३० (मंसिर १० देखि १४) सम्म स्पेनको मड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सभाका लागि सभामुख सापकोटालाई पनि निमन्त्रणा छ । तर जवाफदेही निगरानी समूहसहितका संस्थाले सापकोटालाई दिएको निमन्त्रण फिर्ता लिन आयोजकसँग माग गरेको छ ।

सशस्त्र द्वन्द्वको समयमा भएको एक हत्याको घटनामा सभामुख सापकोटाविरुद्ध प्रहरीले गरेको अनुसन्धान तामेलीमा रहेको भन्दै जवाफदेही निगरानी समूहले स्पेन सरकारले सापकोटालाई देश प्रवेशमा प्रतिबन्ध लगाउन र अन्तर्राष्ट्रिय अपराधको विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत अनुसन्धान सुरु गर्न आग्रह गरेको छ ।

सभामुख सापकोटामाथि सन् २००५ अप्रिलमा काभ्रेका अर्जुनबहादुर लामाको हत्या आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस