नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ: अर्थमन्त्री शर्मा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ: अर्थमन्त्री शर्मा


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल रहेको र भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त भएको उनले बताए ।

कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलित उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको भन्दै उनले भने,‘आर्थिक पुनरूउत्थानमा सरकारको सहुलियत दिने प्रयास जारी छ, तर पूर्ण छैन, राहतका कार्यक्रम निजी क्षेत्रको अपेक्षाकृत छैन । त्यसलाइ पुरा गर्ने प्रयास जारी छ ।’

उनले ठूला पुर्वाधार निर्माणमा सरकारसँग मिलेर निजी क्षेत्रलाई काम गर्न आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस