प्रनाउ तिम्सिनाको निमोनियाबाट निधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रनाउ तिम्सिनाको निमोनियाबाट निधन


२६ कार्तिक २०७८, शुक्रबार


सप्तरी । इलाका प्रहरी कार्यालय  कञ्चनरूपका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौँमा उपचारका क्रममा उनको आज बिहान निधन भएको जिप्रका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दसैँअघि बिरामी भएका प्रनाउ तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना गरिएको थियो ।

यसपछि धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका उनको अवस्था गम्भीर भएपछि हेलिकोप्टर मार्फत लागि प्रहरी अस्पताल पुर्‍याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस