वर्तमान सरकार जनताको साथमा छ : मन्त्री कार्की « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वर्तमान सरकार जनताको साथमा छ : मन्त्री कार्की


१५ कार्तिक २०७८, सोमबार


इनरुवा । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार जनताका साथमा रहेको बताएका छन् ।

हिजो (आइतबार) सुनसरीको हरिनगर गाउँपालिका–४ मा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकार जनताको साथमा रहेको बताए ।

अहिलेको सरकार जनताको सुख दुःखको साथमा रहेको बताउँदै उनले आउने चैतमा स्थानीय तहको निर्वाचन र माघमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले सबै मिलेर नेपाली काँग्रेस बलियो बनाउनका लागि लाग्नुपर्नेमा जोड दिए ।

फरक प्रसङ्गमा मन्त्री कार्कीले तय गरेको मितिमै पार्टीका १४औँ अधिवेशन सम्पन्न हुने बताए । पार्टीको अधिवेशनलाई सफल बनाउन आग्रह गर्दै उनले बाँकी रहेको पार्टीको विभिन्न तहको अधिवेशनमा सर्वसम्तरुपमा पदाधिकारी चयन गर्ने वातावरण बनाउनुपर्ने बताए ।

स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनसमेत नजिकिँदै गएका कारणले पार्टीलाई बलियो र एक ढिक्का बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताए।

आउने निर्वाचनमा पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि नेता कार्कीले सबै स्थानीय नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस