लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा छ : नेता सिंह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा छ : नेता सिंह


१४ कार्तिक २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा रहेको बताएका छन् ।

नेपाली काँग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा रहेको बताएका हुन् ।

‘देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्धति जोगाउन जरुरी छ’, उनले भने, ‘पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनका लागि आफू पार्टी सभापति बन्नुपर्ने हुन्छ ।’ नेता सिंहले पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउनका लागि आफूलाई सबै कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले केपी शर्मा ओली सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै अदालतलगायत निकायमा राजनीतिक नियुक्ति संविधानको भावना विपरीत गर्दा अहिलेको अवस्था उत्पन्न भएको हो भने ।

Tags :
प्रतिक्रिया दिनुहोस