कपिलवस्तुमा झाडापखालाका बिरामीलाई अस्पतालमा ठाउँ नभएपछि विद्यालयमा राखेर उपचार गरिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कपिलवस्तुमा झाडापखालाका बिरामीलाई अस्पतालमा ठाउँ नभएपछि विद्यालयमा राखेर उपचार गरिँदै


२१ आश्विन २०७८, बिहिबार


सप्तरी । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेको छैन ।

गत मंगलबार रातिदेखि झाडा पखालाको संक्रमण सुरु भएकोमा हिजो एकै दिन एक सय बढी बिरामी थपिएका छन् ।

अहिलेसम्म छ सय बढी बिरामी अस्पताल भर्ना भएका छन् । उपचार गरी डिस्चार्ज गरिएका बिरामीहरु पनि सिकिस्त बिरामी परेर अस्पताल भर्ना भएका छन् ।

जिल्लाको शिवराज अस्पतालले चाप थाम्न नसकेपछि नजिकैको महेन्द्र माध्यमिक विद्यालयमा राखेर उपचार गरिएको छ ।

बिरामीको चापलाई व्यवस्थित गर्न अस्पताल पुगेका बिरामीलाई सामान्य, मध्यम र जटिल गरी तीन वर्गमा छुट्याएर उपचार गरिएको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस