Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सुर्खेतमा सुपथ मूल्य पसल नाम मात्रका भएको गुनासो


२१ आश्विन २०७८, बिहिबार


सुर्खेत। चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल नाम मात्रका भएको गुनासो गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेका सुपथ पसलमा उपभोक्ताले बढी खोज्ने सामान पाइँदैनन् । खाद्यको पसलमा चामल, मासको दाल, सिमीको दाल छ तर मुसुरोको दाल दाल छैन ।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेका सुपथ मूल्य पसलमा नुनका पोका मात्रै छ । सर्वाधिक खपत हुने चिनी नै छैन । चिनी गत वर्ष पनि वितरण गरिएको थिएन ।

दुई वर्ष अघिसम्म पाँच किलो चिनी लिन उपभोक्ता तँछाडमछाड गर्ने गर्थे, घण्टौँ लाइन बस्थे । कम्पनीले गत वर्षदेखि माथिबाटै नआएको भन्दै चिनी वितरण गर्न छोडेको छ । सुपथ मूल्य पसलमा चिनीको माग बढी हुने गर्दछ ।

खाद्य व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालयले सुपथ मूल्य पसलमा चामल, मास र रहरको दाल मात्रै बिक्रीमा राखेको छ । अघिल्लो वर्ष कम्पनीले चामल र दाल सहुलियत मूल्यमा बिक्री गर्थ्यो । जुम्लाको सिमी धेरै खपत हुन्थ्यो ।

कम्पनीले सहुलियत मूल्यका लागि गरेको विज्ञापनमा मुसुरोको दालको सूची छ । सुपथ मूल्य पसलमा भने मुसुरोको दाल छैन ।

सुपथ मूल्य पसलले अत्यावश्यक मानिने चिनी र तेलको बिक्री गरेका छैनन् । खाद्य व्यापार कम्पनीले वीरेन्द्रनगरमा चामलमा प्रतिक्विन्टल पाँच सय र दालमा पाँच रुपियाँ सहुलियत दिएको छ ।

कम्पनीले अरुवा मोटो चामलप्रति प्याक एक हजार २५ रुपियाँ, अरुवा सोना मन्सुली प्रतिप्याक एक हजार ३४१ रुपियाँ र स्टिम जिरा मसिनो चामल प्रतिप्याक एक हजार ४७५ रुपियाँमा बिक्री गर्दै आएको छ ।

त्यस्तै रहरको दाल प्रतिकिलो १७३ रुपियाँ र मासको दाल प्रतिकिलो १५९ रुपियाँमा बिक्री गर्दै आएको छ । कम्पनीले जुम्ली सिमी र मुसुरोको स्टक सकिएका कारण बिक्रीका लागि नराखिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस