तालिबानद्वारा हजारा समुदायका १३ जनाको नरसंहार गरिएको खुलासा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तालिबानद्वारा हजारा समुदायका १३ जनाको नरसंहार गरिएको खुलासा


२० आश्विन २०७८, बुधबार


काठमाडौँ। अफगानिस्तानका जातीय अल्पसंख्यक तथा शिया मुसलमानहरु तालिबानको निशानामा परिरहेको खुलासा भएको छ । तालिबान विद्रोहीले गत अगस्टमा हजारा समुदायका १३ जनाको हत्या गरेको सार्वजनिक भएको हो ।

अफगानिस्तानको दयकुंडी प्रान्तमा उनीहरुको सामूहिक हत्या गरिएको दाबी मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले गरेको छ । मारिनेमा १७ बर्षिया एक किशोरी सहित ९ जना पूर्व सैनिकहरु रहेका छन् ।

तालिबान समक्ष गत अगस्टमा आत्मसमर्पण गर्ने ती सैनिकहरुको हत्या गरिएको हो भने २ जना सर्वसाधारण नागरिक पनि मारिएका हुन् । उनीहरुलाई आफ्ना परिवारका सदस्यका सामु गोली हानी हत्या गरिएको थियो ।

हजारा समुदाय अफगानिस्तानको तेस्रो ठुलो जातीय समुदाय रहेको र उनीहरुले शिया इस्लाम धर्मका अनुयायी भएको बुझिएको छ । अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता कब्जा गरेयता ५० भन्दा बढीको गैर न्यायिक हत्या गरिसकेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस