क्रान्तिकारी पार्टी निर्माणका लागि सच्चिनुको विकल्प छैन्ः अध्यक्ष दाहाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

क्रान्तिकारी पार्टी निर्माणका लागि सच्चिनुको विकल्प छैन्ः अध्यक्ष दाहाल


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिकारी पार्टी निर्माणका लागि सच्चिनुको विकल्प नरहेको बताएका छन् ।

दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीको ७‌औं स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नेतृत्वमै पद र प्रतिष्ठाको स्वार्थमा लगाव देखिएको भन्दै क्रान्तिकारी चरित्र स्खलित हुँदै गएको बताए । उनले भने, ‘पद र प्रतिष्ठा स्वार्थमा लगाव देखिएको छ । पार्टी बनाउनेभन्दा गुट बनाउने प्रवृत्तिको विकास भएको छ, बुर्जुवा पार्टी हुने दिशातिर गइरहेको छ ।’

उनले जनवादी क्रान्ति र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पार्टी निर्माणको अभियानमा जुट्नुपर्ने बताए । ‘हाम्रो कार्यशैली जनतातिर फर्किने खालको हुनुपर्छ । श्रमजीवी जनताको घरदैलो गरेर आत्मसमीक्षा गर्न जरुरी छ,’ उनले भने।

उनले आफूहरुले जनतामा जाने संकल्प गरेको बताए । ‘गुट गर्दै रमाउने माथिका नेता हुन् । हामी सच्चिनु पर्छ र पार्टीलाई क्रान्तिकारी बनाउनुपर्छ ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस