बिहिबार थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु « प्रशासन
Logo ३१ आश्विन २०७८, आइतबार
   

बिहिबार थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु


२१ श्रावण २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार बिहिबार कोरोना भाइरस संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।

बिहीबार ३ हजार ९३८ थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस