सुनको मूल्य तोलामा तीन सय रुपैयाँले ओरालो लाग्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले ओरालो लाग्यो


२० श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापवाला सुनको मूल्य तोलाको ९२ हजार तीन सय रुपैयाँ थियो।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ थियो।

यसै गरी चाँदीको मूल्य १० रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस