जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, ठाकुर पक्ष सहभागी नहुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, ठाकुर पक्ष सहभागी नहुने


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बस्दै छ । निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन् ।

बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने छ ।

अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने उक्त बैठकमा सहभागी नहुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस