गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त


२७ जेष्ठ २०७८, बिहिबार


पोखरा । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएका छन् ।

मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् ।

प्रदेशसभाको सबभन्दा ठुलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेकोमाउनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहेका छन् । नेपाली काँग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरू पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।

१६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ ।

उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ९४० बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा ९२० बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ उपधारा ५ मा भनिएको छ ।

यससँगै अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नेछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस