यस्ता छन् कोभिड अस्पतालले दिनुपर्ने निःशुल्क सेवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यस्ता छन् कोभिड अस्पतालले दिनुपर्ने निःशुल्क सेवा


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । सरकारले कोभिड-१९ उपचार गर्ने सम्झौता गरेका अस्पतालहरूले निःशुल्क दिनुपर्ने विवरण सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सामान्य रगत परीक्षण(जस्तै सिरम युरिया, क्रिपटनिन, सुगर, सिआरपी, सिविसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी), छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, बिरामीका शय्या शुल्क, खाजा खाना सहित चार छाक, चिकित्सक तथा नर्सको राउन्ड सेवा, अक्सिजन निःशुल्क दिनुपर्ने उल्लेख छ । उपचारमा समावेश हुनेमा आइसियुबाहेकका बिरामीमा पीसीआर, रेम्डेसिभिर, प्लाज्मा थेरापी, सिटी स्क्यान र हायर यान्टिबायोटिक निःशुल्क उपलब्ध गराउनु पर्नेछ ।

कोभिड–१९ सङ्क्रमितहरूलाई निःशुल्क सेवा दिनका लागि सबै सरकारी अस्पतालहरूमा र केही निजी अस्पतालहरूसँग सेवा सम्झौता गरी व्यवस्था गरेको थियो । सम्झौता भएका निजी अस्पतालहरूको सूचि मन्त्रालयले दैनिक रूपमा भाइवर, फेसबुक, वेबसाइट आदि माध्यममा सार्वजनिक गरिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अस्पताल व्यवस्थापन गर्ने मन्त्रालयका हटलाइन नम्बरहरूले ती अस्पतालहरूमा सङ्क्रमितहरूलाई निःशुल्क सेवाका लागि पठाई व्यवस्थापन समेत गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस