पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ५२९३ जना संक्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ५२९३ जना संक्रमणमुक्त


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३७४९ जनामा कोरोना भाइरस संक्राण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५२९३ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै सोही अवधिमा कोरोना भाइरस संक्रमणबाट ५९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षण र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस