चितुवाको छालासहित दुईजना पक्राउ « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

चितुवाको छालासहित दुईजना पक्राउ


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । प्रहरीले कीर्तिपुर नगरपालिका–३ ढल्पामाबाट चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–७ पाँगा बसपार्क बस्ने दार्चुला मार्मा गाउँपालिका–१ घर भएका २३ वर्षीय गिरिजा सिंह ठगुन्नासहित दुईजना रहेका छन् ।

गोप्य सूचानाको आधारमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त छालासहित उनीहरुलाई पक्राउ गरेको  हाे। उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस