कर्णाली प्रदेशसभा बैठक शुरु, मन्त्री थापा उपस्थित नहुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्णाली प्रदेशसभा बैठक शुरु, मन्त्री थापा उपस्थित नहुने


२७ जेष्ठ २०७८, बिहिबार


सुर्खेत । तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक बिहीबार सर्वदलीय सहमतिपछि सञ्चालन भएको छ ।

भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापालाई प्रदेशसभा बैठकमा उपस्थित नहुने शर्तमा बैठक शुरु भएको हो ।

सरकार पक्ष र नेकपा एमालेबीच मन्त्री थापालाई बैठकमा सहभागी नगराउने सहमति भएपछि बैठक शुरु गएिको कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए ।

उनीमाथिको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र यही जेठ ३० मा पेशीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थित नगराउने र बैठक नियमित सञ्चालन गर्ने दुई बुँदे सहमति भएको बुढाथोकीले बताए ।

प्रदेशसभाको आठौं अधिवेशनमा मन्त्री थापाको बर्खास्तीको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस