शाहलाई एमाले संसदीय दलको नेता नमान्न सभामुखलाई पत्र « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

शाहलाई एमाले संसदीय दलको नेता नमान्न सभामुखलाई पत्र


२७ जेष्ठ २०७८, बिहिबार


धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलका नेताको हैसियतमा प्रकाशबहादुर शाहबाट हुने काम, कारबाही स्वीकार नगर्न सभामुखलाई आग्रह गरेको छ ।

प्रदेश अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले बिहीबार(आज) सभामुख अर्जुनबहादुर थापालाई पत्र लेख्दै शाहले पार्टी विरोधी र राजनीतिक आचरण विपरीत क्रियाकलाप गरेकाले उनीमाथि कारबाही प्रक्रिया थालिसकेको जानकारी गराउँदै उनको काम कारबाही स्वीकार नगर्न आग्रह गरेको हो ।

पत्रमा संसदीय दलको विधान २०७८ समेत पार्टीबाट अनुमोदित नभएकाले संसदीय दलका नेता शाहले गर्ने काम कारबाही वैधानिक नहुने उल्लेख गरिएको छ ।

पत्रमा लेखिएको छ ‘निज प्रकाशबहादुर शाहमाथि पार्टीद्वारा कारबाही प्रक्रिया थालनी भइसकेको अवगत गराउँदै निजले संसदीय दलको नेताको हैसियतले पार्टीद्वारा अनुमोदित नै नभएको संसदीय दलको विधान २०७८ अनुसार गरिएका कुनै पनि काम कारबाहीहरूको वैधानिकता नै नरहेकाले निजले कुनै पनि काम कारबाही गर्न नपाउने र निजबाट भए, गरेका काम कारबाहीहरूको वैधता नरहने भएकोले माननीय सभामुखज्यूबाट निजबाट सम्प्रेषित कुनै पनि पत्राचारहरू वा संसदीय दलको नेताको हैसियतमा जारी गरिएका पत्राचार, काम कारबाहीहरू स्वीकार नगर्न सादर अनुरोध छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस