सुदूरपश्चिममा माधव समुहका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपश्चिममा माधव समुहका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण


२७ जेष्ठ २०७८, बिहिबार


धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले माधवकुमार नेपाल समुहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण सोधिएको छ ।

जेठ १० गते पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस