बागमती प्रदेशसभा बैठक बस्नुअघि कोरोना परीक्षण « प्रशासन
prasaLogo
२७ जेष्ठ २०७८, बिहीबार

बागमती प्रदेशसभा बैठक बस्नुअघि कोरोना परीक्षण


प्रकाशित मिति : 10 June, 2021 3:53 pm

मकवानपुर । बागमती प्रदेशसभा बैठक बस्नुअघि बैठकमा सहभागी हुनेहरुको कोरोना परिक्षण गरिएको छ ।

बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यसहित, प्रदेशसभा सचिवालयका कर्मचारी, मर्यादापालक, पत्रकारहरू सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो ।

सभामुख, उपभामुख तथा मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभाका सदस्यहरुको कोभिड एन्टिजेन परीक्षण गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । उनका अनुसार एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट प्राप्त भएकाहरु मात्र बैठकमा सहभागि हुने अनुमती दिइनेछ ।

आजको प्रदेशसभा बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।

उनका अनुसार नीति तथा कार्यक्रम सार्वजनिक भएपछि मुख्यमन्त्री डोरमणि पौडेलद्वारा धन्यवाद ज्ञापन गर्ने र ५ वटा विषयगत समितिहरूको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस