यादवको हत्या आरोपमा रुपन्देहीबाट पाँच युवा पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यादवको हत्या आरोपमा रुपन्देहीबाट पाँच युवा पक्राउ


२७ जेष्ठ २०७८, बिहिबार


रुपन्देही । गत आइतबार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ मा मृत अवस्थामा फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्या आरोपमा रुपन्देहीबाट पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ कै २२ बर्षीय बलजित पासी, ३० बर्षीय दुर्गेश पासवान, २४ बर्षीय राकेश यादव, २० बर्षीय संजय पासी र २३ बर्षीय सर्वजित विश्वकर्मा रहेका छन् ।

आइतबार बिहान इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रविन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको शव फेला पारेको थियो । मृतकको शरीरको टाउको, छाती, घाटी र गुप्तांग समेतमा धारिलो हतियार प्रहार भएको पाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार पुरानो रिसिईबीको कारण बदला लिने उद्देश्यले यादवको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्याका अभियुक्तहरूलाई जिल्ला अदालत रुपन्देहीबाट १० दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रवक्ता चन्दले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस