प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् विस्तार, यस्तो बन्यो २५ सदस्यीय मन्त्रिपरिषद् « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् विस्तार, यस्तो बन्यो २५ सदस्यीय मन्त्रिपरिषद्


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जनाएको छ ।

मन्त्रिपरिषद्मा थप नयाँ मन्त्रीहरूमा गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा राज किशोर यादव, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरण मन्त्रीमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ ।

यसै गरी आशाकुमारी वि।क।लाई वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।

हेर्नुहोस् मन्त्रिपरिषद्

Tags :
प्रतिक्रिया दिनुहोस