प्रचण्डले हटाए ओलीले अवसर दिए, ज्वाला कुमारी कृषि मन्त्री बन्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्डले हटाए ओलीले अवसर दिए, ज्वाला कुमारी कृषि मन्त्री बन्दै


प्रशासन संवाददाता

२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्य पदबाट हटाएकी ज्वाला कुमारी साह केन्द्रमा मन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री ओलीले आज विस्तार गर्ने मन्त्रीपरिषद् बाट साहलाई कृषि मन्त्री बनाउने तयारी गरेका हुन् ।

साह तत्कालीन माओवादीबाट प्रदेश सभा–२ मा सांसद निर्वाचित भएकी थिइन्। बारा–३ बाट सांसद निर्वाचित भएकी साह नेकपा हुँदा बाराकी सह–इन्चार्ज थिइन्। अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन्।

सर्वोच्चको फैसलापछि नेकपाको एकता खारेज भएसँगै ओली समूहतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस