मुस्लिम आयोगका पूर्वसदस्य मियाँको निधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुस्लिम आयोगका पूर्वसदस्य मियाँको निधन


२७ जेष्ठ २०७८, बिहिबार


दमौली । मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ । तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो ।

मियाँ नेपाली काँग्रेसका वडा सभापति समेत थिए । बुधबार दिउँसो खेतमा काम गरेर आएपछि बेलुकातिर अलि असहज भएको बताएका मियाँको बिहान ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

‘राति अलि पेट पोल्यो पनि भन्दै हुनुहुन्थ्यो, अचानक मृत्यु भयो,’ पारिवारिक स्रोतले भन्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस