साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको एटिएम मेसिन तोडफोड गर्दागर्दै पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको एटिएम मेसिन तोडफोड गर्दागर्दै पक्राउ


प्रशासन संवाददाता

२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त बैङ्कको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस