नागरिकता अध्यादेशविरूद्धको रिटमा सुनुवाइ हुँदै, अन्तरिम आदेशबारे आजै टुंगो लाग्ने « प्रशासन
prasaLogo
२७ जेष्ठ २०७८, बिहीबार

नागरिकता अध्यादेशविरूद्धको रिटमा सुनुवाइ हुँदै, अन्तरिम आदेशबारे आजै टुंगो लाग्ने


प्रकाशित मिति : 10 June, 2021 11:19 am

High Court_Sarbocha adalat

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानकि इजलासमा आज नागरिकता अध्यादेशविरूद्धको रिटमा सुनुवाइ हुँदै छ ।

आजको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । जेठ २१ गते सुरू प्रारम्भिक सुनुवाइमा सर्वोच्चले आज दुवै पक्षको धारणा सुनेपछि अन्तरिम आदेश दिने/नदिने टुंगो लगाउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस