सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज


२७ जेष्ठ २०७८, बिहिबार


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश प्रमुख गंगाप्रसाद यादवले आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट ल्याउनुभन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी व्यवस्था रहेको भए पनि यस वर्ष केही ढिलो भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस