विश्वका १०० देशलाई अनुदान दिन अमेरिकाले ५० करोड फाइजरको खोप किन्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्वका १०० देशलाई अनुदान दिन अमेरिकाले ५० करोड फाइजरको खोप किन्दै


एजेन्सी

२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । अमेरिकाले विश्वका करिब १०० वटा देशलाइए उपलब्ध गराउन ५० करोड फाइजर खोपको मात्रा किन्ने भएको छ । अमेरिकाका सञ्चार माध्यमहरुका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षको अवधिमा अमेरिकाले करिब एक सय देशलाई ५० करोड खोप उपलब्ध गराउने जनाएको छ ।

यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिने र २०२२ मा बाँकी ओप वितरण गरिने छ ।

अमेरिकालाई गरिब देशहरुमा कोरोना विरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको बेला बाइडन प्रशासनले यो खबर सार्वजनिक गरेको हो । तर ह्वाइट हाउसले भने ५० करोड खोपको वितरणबारे आधिकारिक तवरले कुनै पनि कुरा सार्वजनिक गरेको छैन । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस