प्रदेश २ लोक सेवाद्वारा अधिकृत नवौँ तहको विज्ञापन आह्वान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश २ लोक सेवाद्वारा अधिकृत नवौँ तहको विज्ञापन आह्वान


प्रशासन संवाददाता

२७ जेष्ठ २०७८, बिहिबार


जनकपुरधाम । प्रदेश नम्बर २ को लोक सेवा आयोगले विज्ञापन खोल्न सुरुवात गरेको छ । आयोगले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तह(अप्राविधिक/प्राविधिक) पदको खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन आह्वान गरेको हो ।

आयोगले प्रशासन, इन्जिनियरिङ र स्वास्थ्य सेवाका ३० पदको लागि विज्ञापन गरेको छ । आवेदन दिने मिति असार १६ गते सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर असार २३ सम्म आवेदन दिन सकिने छ ।

उमेर २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । इन्जिनियर र कृषि सेवाका लागि भने ४० वर्ष ननाघेको हुनु पर्ने छ । निजामती सेवामा बहालवाला कर्मचारीको हकमा भने उमेरको हद लाग्ने छैन ।
परीक्षा केन्द्र जनकपुरधाम तोकिएको छ ।

परीक्षाको मिति भने पछि प्रकाशित गरिने भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस