गण्डकीका मुख्यमन्त्री गुरुङले भोली विस्वासको मत लिने : विपक्षमा उभिन कांग्रेस र माओवादी केन्द्रका सांसदलाई ह्वीप जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गण्डकीका मुख्यमन्त्री गुरुङले भोली विस्वासको मत लिने : विपक्षमा उभिन कांग्रेस र माओवादी केन्द्रका सांसदलाई ह्वीप जारी


२६ जेष्ठ २०७८, बुधबार


कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार लिने विश्वासको मतको विपक्षमा उभिनका लागि दलहरुले आ–आफ्ना सांसदलाई ह्रवीप जारी गरेका छन् ।

बुधबार गण्डकी प्रदेशसभाअन्तर्गत नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संसदीय दलका छुट्टाछुट्टै बसेका बैठकले ह्रवीप जारी गरेका हुन् । यस्तैगरी नेकपा (एमाले) ले पनि विश्वासको मतको पक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्रवीप जारी गर्ने तयारी गरेको छ । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्रवीप जारी गरेको छ ।

मुख्यमन्त्रीले बिहीबार १२ बजेपछि विश्वासको मत लिँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस