भारतमा १८ हात्तीको कोरोना परीक्षण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतमा १८ हात्तीको कोरोना परीक्षण


२६ जेष्ठ २०७८, बुधबार


चेन्नई । भारतमा २८ ओटा हात्तीको कोरोना भाइरसको परीक्षण गरिएको छ ।

जनावरहरुलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो ।

भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ ।
परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

यसअघि सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही सिंहहरु बिरामी भएका थिए । त्यसपछि प्रदेशका वनमन्त्री रामचन्द्रले रिसोर्टमा रहेका सबै हात्तीको कोरोना परीक्षण गर्न निर्देशन दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस