सुदूरपश्चिमका भौतिक मन्त्री सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिमका भौतिक मन्त्री सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता


२६ जेष्ठ २०७८, बुधबार


धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।

नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले सोडारीविद्ध जिल्ला प्रहरी कार्यालयमा बुधवार सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा मुद्दा दर्ता गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । सोडारीले प्रदेश सचिव रावलमाथि आफ्नै कार्यकक्षमा सोमबार साँझ हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

उनले पार्टी सचिवको हैसियतमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशनात्मक पत्र बुझाउने बेला मन्त्री सोडारीले आफूमाथि हातपात गरेको बताएका हुन् । तर मन्त्रीको सचिवालयले भने रावलले नै मन्त्रीमाथि दुर्व्यवहार गरेको बताउँदै आएको छ । मन्त्री सोडारी नेकपा एमालेको माधव पक्षीय नेता हुन् भने सचिव रावल ओली पक्षीय नेता हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस