जबरजस्ती नगर्न सामाजिक सुरक्षा कोषलाई नेपाल वित्तिय संस्था कर्मचारी संघको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जबरजस्ती नगर्न सामाजिक सुरक्षा कोषलाई नेपाल वित्तिय संस्था कर्मचारी संघको आग्रह


२६ जेष्ठ २०७८, बुधबार


काठमाडौँ ।नेपाल वित्तिय संस्था कर्मचारी संघले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन जबरजस्ती नगर्न आग्रह गरेको छ ।

सङ्घले कोषलाई पत्र लेख्दै कर्मचारीलाई मन लागेमा कोषमा आबद्ध हुन सक्ने व्यवस्था गर्न आग्रह गरेको हो ।

सङ्घले लेखेको पत्रमा भनिएको छ,’कोषमा आबद्ध हुन चाहने कर्मचारीलाई मात्र त्यहाँ आबद्ध हुने व्यवस्थाका लागि अनुरोध छ ।’

सङ्घले हालको अवकाश कोषहरूमा आबद्ध हुन चाहने कर्मचारीहरूलाई त्यतै लाग्न दिन बाटो खुला गर्न भनेको छ ।

‘‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको लक्ष्यको सन्दर्भमा योगदानकर्ता जसको लागि कानुन बनाइएको छ उसैलाई दुखी बनाउँदा न सरकारको उद्देश्य प्राप्ति हुन्छ न सम्बन्धित संस्थाको श्रम सम्बन्ध राम्रो हुन्छ’-सङ्घले भनेको छ,

Tags :
प्रतिक्रिया दिनुहोस