प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलका लागि बोलाए सभामुखले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलका लागि बोलाए सभामुखले


२६ जेष्ठ २०७८, बुधबार


काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् ।

सभामुखले प्रधानमन्त्रीसहित नेताहरूलाई पत्र लेखी समसामयिक विषयमा छलफल गर्नुपर्ने भन्दै जेठ २८ गते सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बोलाएका हुन् ।

सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग छलफल गर्न खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस