४३ सय सङ्क्रमित थपिए, ५७ सय निको भए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

४३ सय सङ्क्रमित थपिए, ५७ सय निको भए


२६ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । आज देशभर थप चार हजार तीन ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ४२ जनाको स्वाब परीक्षण गर्दा चार हजार तीन सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो। मंगलबार १७ हजार  ६ सय ७६ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार एक सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ८१ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार एक सय ७९ पुगेको छ।
त्यस्तै, आज देशभर पाँच हजार सात सय ६८ जना निको भएका छन्। मंगलबार ६ हजार पाँच सय ७० जना निको भएका थिए। योसँगै निको हुनेको सङ्ख्या पाँच लाख १० हजार दुई सय ९८ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस