मदनकृष्ण श्रेष्ठ डिस्चार्ज « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मदनकृष्ण श्रेष्ठ डिस्चार्ज


२६ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ बुधवार बिहान डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखिएपछि गङ्गालाल अस्पताल भर्ना भएका उनी स्वास्थ्यमा सुधार देखिएपछि डिस्चार्ज भएका हुन् ।

चिकित्सकले एक महिना आराम गर्न मदनकृष्णलाई सल्लाह दिएका छन्।

मुटुमा रगत प्रवाह हुने नसा बन्द भएर अत्यधिक मुटु दुखे पछि शुक्रवार बेलुका अस्पताल लगिएको थियो । उनको शनिवार बिहान एन्जियोप्लास्टि गरेर स्टेन्ट राखिएको थियो ।

यो उनको दोस्रो शल्यक्रिया हो । यसअघि, सन् २०१९ मा पनि यही शल्यक्रिया गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस