एमाले एकता जोगाउन गम्भीर छलफल हुनु जरुरी छ : योगेश भट्टराई « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एमाले एकता जोगाउन गम्भीर छलफल हुनु जरुरी छ : योगेश भट्टराई


२६ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता बचाउन जरुरी भएको बताएका छन्।

भट्टराईले नेताहरू गम्भीर रूपमा छलफल गर्नुपर्ने र साझा निष्कर्षका साथ अभियानमार्फत एकता बचाउन जरुरी रहेको बताए ।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै एमाले एकताका मूल जड नेताहरूबीच विश्वासको सङ्कट र आफ्नो पार्टीभन्दा अरू पार्टीलाई साथ लिएर गठबन्धन बनाउन केन्द्रित हुनु रहेको बताए।

अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग साझेदारी गर्न तयार हुनु तथा खनाल र नेपाल ओलीसँगभन्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग गठबन्धन गर्न तयार हुनु नै पार्टी एकताको मुख्य जड भएको भट्टराईको भनाइ छ ।

यस्तो छ भट्टराईको भनाइ:
एमालेको एकताको मुल जड ?
कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।
कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।

कसले, किन र के का लागि गर्दैछ यो सब? एमाले एकताको समस्याको मुल जड यहिँ छ।

यस विषयमा कमरेडहरु बीचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत् एमालेको एकता बचाउन जरुरी छ।

Tags :
प्रतिक्रिया दिनुहोस